गुराँस लाइफको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन

Citizen Life Insurance Co

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको १०० प्रतिशत हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले भोलि बिहीबार (फागुन २२ गते) एक दिन बुक क्लोज गर्दैछ । यसर्थ, आज बुधबारसम्म कायम सेयरधनीले हकप्रद सेयर भर्न पाउनेछन् ।

नेपाल धितोपत्र बोर्डले यस कम्पनीलाई १ः१ अनुपातमा ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको छ ।

उक्त हकप्रदलाई इक्रा नेपालले औसत भन्दा कम आधार जनाउने ‘ग्रेड ४’ रेटिङ प्रदान गरेको छ । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ ।

हाल गुराँस लाइफको चुक्ता पुँजी ९३ करोड ८५ लाख २० हजार रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार