IME Life

नेपाल इन्स्योरेन्सको अर्धवार्षिक विवरण, ८६ हजार पोलिसीमार्फत ६२ करोड बीमा शुल्क

SPIL
NIC ASIA

काठमाडौं । नेपाल इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले ८६ हजार ८१ वटा बीमालेख जारी गरी ६२ करोड १ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यस अवधिमा कम्पनीले एक हजार ५३८ वटा दावी बापत १३ करोड ३१ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । कम्पनीले कूल २ हजार ४५३ बीमा बीमितलाई दावी भुक्तानी बापत ८६ करोड ९० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

Prabhu
Crest

यस अवधिसम्ममा इन्स्योरेन्सले ३२ करोड १९ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ८ करोड १८ लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले २४ करोड १ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो।

चुक्ता पूँजी एक अर्ब ९ करोड ५५ लाख रुपैयाँ रहेको नेपाल इन्स्योरेन्सको जगेडा कोषमा ३२ करोड २५ लाख रुपैयाँ, बीमा कोषमा ३४ करोड १३ लाख रुपैयाँ सञ्चित छ । यस अवधिसम्ममा कम्पनीले पुनर्बीमा कमिशनबाट ७ करोड ८६ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्य आयबाट ३ करोड १८ लाख रुपैयाँ आम्दानी गरेको छ ।

समीक्षा अवधिसम्ममा ८ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । इन्स्योरेन्सको यो नाफा गत आर्थिक वर्षको यहि अवधिको तुलनामा १९.४४ प्रतिशतले बढी हो । गत आर्थिक वर्ष यहि अवधिसम्ममा इन्स्योरेन्सले ७ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ९६ पैसा, प्रतिशेयर नेटवर्थ १६० रुपैयाँ ६० पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS