एजेन्सीहरु । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तल्लो सदनबाट पास भएर अघि बढेको महाअभियोग प्रस्तावबाट बचेका छन् । अमेरिकाको माथिल्लो सदनमा पेस भएको राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव अस्वीकृत भएको हो ।
अमेरिकाको माथिल्लो सदन (सिनेट)मा बुधबार भएको मतदान प्रक्रियाबाट ट्रम्पले सफाइ पाएका हुन् । बीबीसीका अनुसार शक्तिको दुरुपयोग गरिएको अभियोगमा ट्रम्पको पक्षमा ५२–४८ मत परेको छ । बुधबार अमेरिकी संसदमा सभामुखले राष्ट्रपति ट्रम्पको लिखित भाषणको कपी च्यातेपछि विवाद उत्पन्न भएको थियो ।