IME Life

पेगासस एयरलाईन्सको जहाज धानवमार्गमै तीन टुक्रा, तीनको मृत्यु, १७० भन्दा बढि घाइते

SPIL
NIC ASIA

काठमाडौं । टर्कीको इस्तानबुल विमानस्थलमा अवतरणको क्रममा चिप्लिँदा बोईङ कम्पनीको एक जहाज दुर्घटनाग्रस्त भएको छ । १७१ जना यात्रु, छ जना चालक दलका सदस्य तथा जहाज परिचारिकाहरु सवार पेगासस एयरलाइन्सको बोईङ ७३७ जहाज इस्तानबुलको सविहा गोक्सेन विमानस्थलमा अवतरणको क्रममा चिप्लिएको बीबीसीले जनाएको छ । घटनामा तीन जना यात्रुको मृत्यु भएको छ भने १७० भन्दा बढि घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

Prabhu
Crest

जहाज तीन ठाउँमा भाँचिए पनि आगो नलागेको कारण घाइते यात्रुहरुको जीवित उद्धार गर्न सफल भएको टर्कीले जनाएको छ । इज्मिरबाट उडेको जहाज इस्तानबुलस्थित विमानस्थलमा अवतरणको क्रममा खराव मौसमको कारण चिप्लिएको टर्कीस अधिकारीहरुले जनाएका छन् ।

दुर्घटनापछि तत्कालै गरिएको उद्धारको कारण धेरै यात्रुको ज्यान बचाउन सम्भव भएको भएपनि जहाज भने कामै नलाग्ने गरी क्षतविक्षत भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले क्षतविक्षत भएको जहाजबाट यात्रुहरुको जीवित उद्धार गर्न सफल भएको समाचार सम्प्रेषण गरिरहेका छन् ।

दुर्घटनापछि विमानस्थल बन्द गरिएको छ । कैयौं उडानहरु अन्यत्र डाईभर्ट गरिएका छन् भने यात्रुहरुले समस्या परेको गुनासो टर्कीका अधिकारी समक्ष गरेका छन् ।

जहाजमा अधिकांश यात्रु टर्कीस थिए । १७१ जना यात्रु मध्ये २२ जना मात्रै विदेशी भएको जनाइएको छ । दुर्घटनापछि जहाज झण्डै ४० मिटरपरसम्म धसारिएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS