काठमाडौं । कामना सेवा विकास बैंकको प्रदेश ५ अन्तर्गत बुटवल उपनगरपालिका वडा नं ११, रुपन्देही जिल्ला स्थित होराइजनचोकमा नयाँ शाखा विस्तार गरेको छ ।उक्त शाखा कार्यालयको उद्घाट्न प्रदेश नं ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरी र बैंकका सञ्चालक भिम प्रसाद तुलाचनले संयुक्त रुपमा गरेका हुन् ।
बैंकले देशका विभिन्न भागहरुमा यी शाखा सहित ११८ वटा शाखा कार्यालयहरु तथा ६२ वटा एटीएम मार्फत आफना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।