IME Life

सामान्य अंकले बढ्यो नेप्से, नेको इन्स्योरेन्सको सर्वाधिक कारोबार

SPIL
NIC ASIA

काठमाडौं । हिजो दोहोरो अंकले बढेको शेयर बजार नेप्से आज सामान्य अंकले मात्र बढेको छ । आज नेप्से २ दशमलव २९ अंकले बढेर १३४९ दशमलव १३ को विन्दुमा कायम भएको छ । विकास बैंक, हाइड्रोपावर, निर्जीवन बीमा समुह म्युचल फण्ड र अन्य बाहेक सबै उपसूचक घटेका छन् । सबैभन्दा धेरै होटल समुह ० दशमलव ८३ प्रतिशतले घटेको छ ।

आज दिनभरिमा १ सय ७७ कम्पनीको ४७ लाख ४८ हजार ८ सय २९ कित्ता शेयर किनबेच हँदा १ अर्ब ६१ करोड १७ लाख १९ हजार दुई सय ३ रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै नेको इन्स्योरन्स कम्पनीको ६ करोड ५६ लाख रुपैयाँको कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, ग्लोबल आइएमई बैंकको ५ करोडमाथिको कारोबार भएका छ । नेपाल इन्स्योरन्स, ग्रामीण विकास लघुवित्त, प्रभु बैंक र गरिमा विकास बैंकको ४ करोडमाथिको कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स, एनआइसी एशिया बैंक, हिमालयन डिस्टीलरीको ३ करोडमाथिको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै गरिमा विकास बैंक, नेशनल हाइड्रोपावर र छ्याङदी हाइड्रोपावरका लगानीकर्ताले ९ प्रतिशतभन्दा बढीको दरले कमाएका छन् । सानिमामाई हाइड्रोपावर, चिलिमे हाइड्रोपावर, मितेरी डेभलपमेन्ट बैंक,बरुण हाइड्रोपावर, यूनिभर्सल पावर कम्पनी लगायतका लगानीकर्ताले कमाएका छन् ।

मल्टिपर्पोज फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै ५ प्रतिशतका दरले गुमाएका छन् । त्यस्तै, यूनियन हाइड्रोपावर, समृद्धि फाइनान्स, गुडविल फाइनान्स, विजय लघुवित्त वित्तीय संस्था, पोखरा फाइनान्स, प्रभु बैंक, सिभिल लघुवित्त लगायतका लगानीकर्ताले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS