काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले कालिमाटी स्थित जनप्रभात उच्च मा.वि.मा सूचना तथा संचार प्रविधि कक्षाको स्थापना गर्नको लागि आवश्यक सामाग्री प्रदान गरेको छ ।
सरस्वती पूजाको अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले विधालय व्यवस्थापन समितिका अध्यक्ष रामशरण डंगोललाई उक्त सहयोग हस्तान्तरण गरेको हुन् । उक्त कार्यक्रममा बैंकका सिईओ श्रेष्ठले सरकारी विधाथालयका विधार्थीहरुको क्षमता अभिवृद्धिको लागि स्थापना गरिएको सूचना तथा संचार प्रविधि कक्षाले सहयोग पुराउने बताए ।