IME Life

धावनमार्गबाट चिप्लिएको जहाज धसारिदै सडकमा पुग्यो, संयोगवश आगो लागेन, १३६ जना सकुशल

SPIL
NIC ASIA


एजेन्सी । इरानको राजधानी तेहरानबाट इरानकै अर्को शहर महशरका लागि उडेको क्यास्पेयन एयरलाइन्सको जहाज अवतरणको क्रममा धावनमार्गबा चिप्लेर नजिकै रहेको राजमार्गमा पुगेको हो । संयोगवश जहाजमा आगो नलागेका कारण १३६ जना यात्रु तथा चालक दलका सदस्यहरु सकुशल रहेका छन् ।

जहाज चिप्लेर सडकसम्म आईपुग्दा जहाजका सबै पाङ्ग्राहरु खुस्किई सकेका थिए । जहाजको पखेटामा रहेको इन्धनमा आगो नलागेका कारण जहाजमा आगो लागेन । जहाजको आपतकालिन ढोकाबाट यात्रुहरु बाहिर निस्केका थिए ।

Prabhu
Crest

विमानस्थलबाट चिप्लेको जहाज सडकमा पुग्ने वित्तिकै आपतकालिन सेवाका दमकलहरुले पछ्याउँदै घटनास्थलमा पुगेर फोम (आगलागी नियन्त्रणको साधन) प्रयोग गरी सुरक्षित गरेपछि आपतकालिन ढोकाहरु खोलिएको थियो । सो क्रममा दुई जनालाई ठेस लागेर खुट्टा ठोक्किएको बीबीसीले जनाएको छ ।

उक्त क्यासपियन एयरलाइन्स म्याकडोनेल डगलस एमडी–३ तेहरानबाट त्यहाँ अवतरण क्रममा यस्तो घटना भएको हो । स्टेट टिभिका अनुसार प्रान्तिय उडड्यन अधिकारीलाई जानकारी दिँदै धावन मार्गको अन्त्यमा जहाजले टचडाउन गरेकोले समस्या भएको बताए ।

दुर्घटनामा मानवीय क्षति नभएपनि जहाजमा पुगेको क्षति बापत अर्बौ रुपैयाँ दावी भुक्तानी पर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS