काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ९६ लाख ७५ हजार खुद नाफा आर्जन गरेको छ ।
हाल ७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा ६ करोड १८ लाख रुपैयाँ सञ्चित छ । पुस मसान्तसम्ममा लघुवित्तले ४३ करोड ८८ लाख निक्षेप र १३ करोड ३९ लाख सापटीबाट ७७ करोड ९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म लघुवित्तले ३ करोड ७१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।े सञ्चालन मुनाफा १ करोड ४ लाख रहेको छ ।
दोस्रो त्रैमाससम्ममा लघुवित्तको निष्क्रिय कर्जा १.८८ प्रतिशत रहेको छ भने कष्ट अफ फण्ड ८.२१ प्रतिशत रहेको छ ।
लघुवित्तले गत पुस २ गते आँधिखोला लघुवित्तसँग गाभिने सम्झौता गरेको थियो ।