काठमाडौं । सुनको मूल्यमा बिहीबार फेरी वृद्धि भएको छ । बुधबार प्रतितोला ५०० रुपैयाँले घटेको सुन बिहीबर पुनः प्रतितोला २०० रुपैयाँले बढेको हाे ।
आज सुनको मुल्य प्रति तोला दुई सय रुपैयाँले बढेर ७५ हजार कायम भएको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेर ७४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुनको मूल्य प्रतितोला ७४ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । तेजाबी सुनको मूल्य प्रतितोला ७४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदी प्रतितोला ८ सय ८५ रुपैयाँ कारोबार भैरहेको महासंघले जनाएको छ