काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थामा नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको माघ ५ गते सम्पन्न २४२ औं बैठकले कम्पनीको सिइओमा चोलराज शर्मा जोशीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो ।
जोशीलाई २०७६ माघ ६ गतेदेखि लागू हुनेगरि आगामी ४ वर्षका लागि सिइओ पदमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।
यसअघि कम्पनीको सीईओमा रामचन्द्र जोशी थिए ।