Prabhu Life Ad Final

चार कम्पनीको नगद लाभांश शेयरधनीको बैंक खातामा

IME PAY

काठमाडौं । चार कम्पनीहरुले नगद लाभांश शेयरधनीहरुको बैंक खातामा पठाएका छन् । समता लघुवित्त, गुडविल फाइनान्स, विजय लघुवित्त र मञ्जुश्री फाइनान्सले नगद लाभांश शेयरधनीको बैंक खातमा पठाउने व्यवस्था गरेको जनाएका छन् ।

चारवटै कम्पनीहरुले पुस २९ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा सो लाभांश जम्मा गर्न लागेको जनाएको छ । चारवटै कम्पनीहरुको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

NCHL

समता लघुवित्तले गत पुस २९ गते छैठौँ वार्षिक साधारण सभाबाट पारित गरेको ५.५२ प्रतिशत नगद लाभांश बैंक खातामा जम्मा गरेको हो । गुडविल फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत, विजय लघुवित्तले ५ प्रतिशत र मञ्जुश्री फाइनान्सले ९.८० प्रतिशत नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गर्ने जनाएका छन् ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x