काठमाडौं । हिजो बिहीबार स्थिर रहेको सुन–चाँदीको भाउ आज शुक्रबार बढेको छ । शुक्रबार छापावाला सुनको भाउ प्रतितोला १०० रुपैयाँले बढेर ७४ हजार ८०० रुपैयाँ कारोबार भएको छ ।
तेजावी सुनको भाउ पनि प्रतितोला १०० रुपैयाँले नै बढेर ७४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउ पनि ५ रुपैयाँ वृद्धि भएर ८ सय ९० रुपैयाँ पुगेको छ । बिहीबार चाँदीको भाउ ८ सय ८५ रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसाही महासंघले जनाएको छ ।