काठमाडौं । एनएमबि बैंकले आजदेखि नगद लाभांश शेयरधनीहरुको बैंक खातामा पठाएको छ । बैंकले बोनस शेयर तथा नगद लाभांशको करसहित १४ प्रतिशत नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गर्ने जनाएको छ ।
बैंकले साधारण सभा तथा लाभांश प्रयोजनका लागि बुकक्लोज मितिसम्ममा हितग्राही खातामा बैंक खाता अद्यावधिक गरेका शेयरधनीहरुको बैंक खातामा उक्त लाभांश जम्मा गर्नेछ ।
गत पुस २४ गते सम्पन्न बैंकको २४ औँ वार्षिक साधारण सभाले २१ प्रतिशत बोनस शेयर र १४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
साविक ओम डेभलपमेन्ट बैंक लिमिटेडबाट आर्थिक वर्ष २०७२/७३ र २०७३/७४ मा वितरण गरिएको बोनस शेयरको कर बापतको रकम बुझाउन बाँकी शेयरधनीहरुको हकमा कर बापतको रकम कट्टा गरी बाँकी रकममात्र भुक्तानी गरिने बैंकले जनाएको छ ।