काठमाडौं । आइसीएफसी फाइनान्सको लाभांश पारित भएको छ । फाइनान्सको सोह्रौं वार्षिक साधारण सभाले गत आर्थिक बर्षको मुनाफाबाट प्रस्ताव गरेको ५ प्रतिशत बोनस र ८ प्रतिशत नगद लाभांश पारित गरेको हो ।
सभामा गत आर्थिक वर्षको नाफा नोक्सान हिसाब नगद लगायतका विभिन्न प्रस्तावहरु पारित गरेको छ ।
सभाले संस्थाको नियामावली अनुसार सर्वसाधारण समुहबाट प्रतिनिधित्व गर्ने सञ्चालक पदमा निर्विरोध निर्वा्चित भएका तीन जना संचालकहरु टंकराम गौतम, अच्युतराज आचार्य र हेमशिखा जोशी गर्गलाई आगामी चार वर्षको लागि सर्वसम्मतबाट संचालकमा चयन गरेकोे छ ।
चुक्तापूँंजी ८८ करोड २१ लाख रहेको फाइनान्सले हालसम्म आफ्नो १८ वटा शाखा तथा १ एक्सटेन्सन काउन्टर र १७ वटा एटिएम मार्फत ७८ हजार भन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ ।