काठमाडौं । लुम्विनी विकास बैंकले १२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको बार्षिक साधारणसभाले गत बर्षको नाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
आर्थिक बर्ष २०७५।७६ को बार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव र सोही अवधीको नगद प्रवाहको विवरण लगायतका अनुसूचीहरु साधारणसभाबाट पारित भएको छ । काठमाडौंमा सम्पन्न साधारणसभामा कम्पनीका अध्यक्ष दशरथ रिसालले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
बैंकले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ देशभरका ६६ शाखाहरु र १६ वटा एटिएमबाट आफ्ना करिब २ लाख ४० हजार ग्राहक महानुभावहरुलाई उच्च स्तरीय आधुनिक एवं नविनतम प्रविधि सहितको बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।