नवलपरासी । सिटिजन लाइफ इन्स्योरेन्स कावासोती शाखाले मृत्यु दावी भुक्तानी गरेको छ ।
वैदेशिक रोजगारका क्रममा दुबईमा मृत्यु भएका कृष्ण बहादुर खोरु मगरको परिवारलाई कम्पनीले १४ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।
मृतकका बाबू मान बहादुर खोरु मगरलाई उक्त चेक बौदिकाली गाउपालिका ६, मधुकोटस्थित घरमै पुगेर हस्तान्तरण गरिएको कावासोती शाखा प्रमुख जगत राम ढकालले बताए ।
कार्यक्रममा शाखा प्रमुख ढकाल सहित बिडिसि दिपक बस्याल, एजेन्सी म्यानेजर रमेश प्रसाद भुर्तेल, सुन्दर ढकाल सहित समाजसेबि ब्याक्तित्वहरुको उपस्थिति रहेको थियो ।
एक बर्ष अघि रोजगारीका लागि दुबइ गएका २४ बर्सिय कृष्ण बहादुर खोरि मगरको गत मङ्सिर २८ गते निधन भएको थियो ।
त्यस्तै, सिटिजन लाइफ इन्स्योरेन्स पाल्पाले मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीले पाल्पा माथागढी ६ गोठादीमा एक कार्यक्रमका बीच मृत्यु दावी भुक्तानी वापतको साढे पाँच लाखको चेक हस्तान्तरण गरेको जनाएको छ।
सिटीजन लाइफ इन्स्योरेन्सबाट छोरिको साढे ५ लाखको जीवन बीमा गरेका शिव बहादुर सारुको बीमा गराएको ४४ औँ दिनका दिन मृत्यु भएपछि उनको परिवारलाई सो दावी भुक्तानी गरिएको हो ।