काठमाडौं । एनआइसी एशिया बैंकको ग्राहक सपोर्ट सेवा २४ सै घण्टा चल्ने भएको छ । आफ्ना ग्राहकहरुलाई गुणस्तरिय बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको बैंकले आधुनिक र प्रतिस्पर्धी सेवा दिने क्रममा विगत वि.सं. २०७१ साल देखि सञ्चालनमा ल्याएको ग्राहक सपोर्ट सेवालाई २४ सै घण्टा सञ्चालनमा ल्याएको जनाएको छ ।
बैंकका ग्राहकहरुलाई कुनैपनि सहायता आवश्यक परेको खण्डमा एनआईसी एशिया सपोर्ट सेवा वर्षको ३६५ दिन र २४ सै घण्टा सम्पर्कमा रहीे ग्राहकहरुको सेवा सुविधाका लागि गुनासो सुनुवाई गर्नुका साथै आवश्यक सूचनाहरु समेत उपलब्ध गराउने छ ।
यस सेवाको प्रयोगका लागि सेवाग्राहीहरुले बैंकको आधिकारिक वेबसाइट www=nicasiabank=com मा गई साथीसँग लाईभ च्याट गरी वा बैंकको टोल फ्री नम्बर १६६०–०१–७७७७१ मा सम्पर्क गरी वा feedback@nicasiabank=com मा ईमेल गरी वा फोन नं ९८०१२२७७५५ मा मिस्ड कल गरी बैंकका प्रतिनिधिहरुसँग आफ्ना जिज्ञासा, गुनासो, सल्लाह र सुझावहरु राख्न सक्नेछन् ।
हालसम्म बैंकको मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४०९ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङ्ग रहेको छ ।