काठमाडौं । तीन कम्पनीले नगद लाभांश आफ्ना शेयरधनीको बैंक खातामा पठाएका छन् । कामना सेवा विकास बैंक, नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था र स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले नगद लाभांश बैंक खातामा पठाएका हुन् ।
तीनै कम्पनीले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा सो नगद लाभांश पठाएको जनाउको छ ।
कामना सेवाले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्ने घोषणा गरेको ६.८ प्रतिशत नगद लाभांश गत पुस २१ गतेदेखि बैंक खातामा पठाएको हो ।
नेशनल माइक्रोफाइनान्सले गत मंसिर २९ गते सम्पन्न छैठौँ वार्षिक साधारण सभाबाट पारित गरेको ५ प्रतिशत (कर सहित) नगद लाभांश शेयरधनीहरुको बैंक खातामा पठाएको हो ।
स्वाबलम्बन लघुवित्तले १४ प्रतिशत (करसहित) नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गरेको जनाइएको छ ।