काठमाडौं । अष्ट्रेलियामा नेपाल भ्रमण वर्ष २०२० को उद्घाटनको क्रममा सडकमै र्याली गर्न खोजेपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसहितका सहभागीलाई त्यहाँको प्रहरीले आज रोकेको छ ।
अष्ट्रेलिया सरकारको अनुमति नलिई र्याली आयोजना गरिएको भन्दै स्थानीय प्रहरीले रोकेको त्यहाँको सञ्चार माध्यमले जनाएका छन् । राजधानी सिड्नीमा आयोजित उक्त र्यालीमा मन्त्री भट्टराई समेत सहभागी थिए । ठूलो मासले सिड्नीको फुटपाथ नै जाम भई अन्य सर्वसधारणलाई सडकमा आवत जावत गर्न समस्या हुने भन्दै प्रहरीले र्यालीमा रोक लगाएको हो । ठूलो संख्यामा नेपालीहरु भेला भएर सडकै परेड खेल्ने अवस्था आएपछि प्रहरीले रोक लगाएको साउथ एसिया नामक अनलाईनले जनाएको छ ।
प्रहरीले रोक लगाएपछि मन्त्री सहभागी कार्यक्रम नै रद्द हुन पुगेको छ । कार्यक्रम एनआरएन अष्ट्रेलियाको आयोजनामा आयोजना गरिएको हो । गत जनवरी १ मा काठमाडौंमा उद्घाटनपछि अन्तर्राष्ट्रिय रुपमा अष्ट्रेलियाबाट आज औपचारिक उद्घाटन गर्ने कार्यक्रम भइरहेको छ ।