IME Life

उर्लाबारीमा नेपाल लाइफको अभिकर्ता भेला

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

दमक । नेपाल लाइफ इन्स्योरेन्सको अभिकर्ता भेला कार्यक्रम सम्पन्न भएको छ । कम्पनीको पूर्वाञ्चल क्षेत्रीय कार्यालय इटहरीको आयोजनामा मोरङको उर्लाबारीमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत बिबेक झाको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा पूर्वका ६७५ जना अभिकर्ता सहभागी भएका थिए । अभिकर्ताको कार्य क्षमता अभिवृद्धि र व्यवसायिक रणनीति निर्माणको उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको कम्पनीले जनाएको छ ।

Crest

कार्यक्रम प्रक्षिणको रुपमा अन्तराष्ट्रिय उत्प्रेरक बिके शर्मा रहेका थिए । उनले मोटिभेसनल सम्बन्धि तालिम दिएका थिए । त्यस्तै, कार्यक्रममा कम्पनीको भावी रणनीति र व्यवसाय बृद्धिका बारेमा छलफल र योजना निर्माण समेत गरिएको कम्पनीले जनाएको छ ।

कार्यक्रममा पेशागत बीमा अभिकर्ताका केन्द्रीय सचिब रामकुमार बुढाथोकी, केन्द्रीय सदस्य गणेश अधिकारी, सी.पी.कडरिया, बीमक समिति नेपाल लाइफका केन्द्रीय सदस्य चन्द्रकला सुवेदी, सूर्यप्रसाद दाहाल, तेजप्रसाद तिवारी र तेजमणि प्रसाईं, विभिन्न शाखाका अध्यक्ष र पदाधिकारी एवम् सदस्यहरु समेतको सहभागिता भएको उक्त कार्यक्रममा व्यवसायमा उच्च योगदान पुर्याउने अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुलाई सम्मान गरिएको थियो ।

त्यस्तै, कार्यक्रममा बेदनारायण गोदार, भवेश थापा, कमला थापा, झलकमणि भट्टराई, बिर्तामोडबाट यामप्रसाद खरेल चन्द्रगढी, अमृतमणि खतिवडा धरान, मोकेन्द्र यादव, दसरथ दास, कैलाश झा राजबिराज, सञ्जय कुमार साह लहान र गुनेस्वर राउत विराटनगर सम्मानित भएका थिए ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS