काठमाडौँ । डिएभी कलेजको वातावरण क्लबले बुधबार ललितपुरको बज्रबाराही मन्दिर परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।
वातावरण क्लबका अध्यक्ष एवम् अङ्ग्रेजी विभागीय प्रमुख गुरु प्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा डिएभिका कक्षा ११ र १२ का गरी एक सय पचास जनाको सहभागिता रहेको थियो ।
सरसफाइ अभियान बिहान १०ः०० बजे सुरु भई २:०० बजे सकिएको कलेजले जनाएको छ ।
कलेजका डाइरेक्टर सुमन बस्नेतले नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग गर्ने उद्देश्यले सरसफाइ कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।