काठमाडौं । यो साता नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ४ कम्पनीको १ करोड १५ लाख ७२ हजार २ सय ९० दशमलव ८९ कित्ता शेयर सूचिकृत भएको जसमा
तीन वाणिज्य बैंक, एक विकास बैंक रहेका छन् । आज मात्र दुईवटा बाणिज्य बैंकको शेयर सुचिकृत भएको छ ।
सिटिजन्स बैंक र कुमारी बैंकको गरि कुल १ करोड ११ लाख ९६ हजार ८ सय ९२ दशमलव ५६ कित्ता शेयर सुचिकृत भएको हो ।
जसमा सिटिजन्स बैंकको २५ लाख ११ हजार ३ सय १९ दशमलव ४३ कित्ता बोनस शेयर र कुमारी बैंकको ८६ लाख ८५ हजार ५ सय ७३ दशमलव १३ कित्ता बोनश शेयर सुचिकृत भएको हो ।
एभरेष्ट बैंकको ४ लाख कन्भटेट शेयर र कामना सेवा विकास बैंकको ३७ लाख ५३ हजार ९८ दशमलव ३३ कित्ता शेयर सूचिकृत भएको छ ।