काठमाडौ. । अर्थमन्त्री डा. युवराज खतिवडाले राजश्व चुहावट गर्नेलाई केही न केही दण्ड तथा सजायँ हुन्छ भन्ने महसुस गराउने अवस्थाको सिर्जना गर्न सक्नुपर्ने अवस्था आएको बताएका छन् । बिहिवार राष्ट्रिय सभाको बैठकमा बोल्दै अर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन् ।
मन्त्री डा. खतिवडाले प्रतिनिधिसभाबाट पारित राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण विधेयक (पहिलो संशोधन), २०७५ माथि सैद्धान्तिक छलफलमाथि सांसदहरुले उठाएका राजश्व चुहावट गर्नेहरुप्रति धेरै दण्ड तथा सजायको प्रस्ताव गरेको र करको दायराभन्दा दर बढाएको प्रश्नहरुको जवाफ दिँदै मन्त्री खतिवडाले यस्तो जवाफ दिएका हुन् ।
मन्त्री खतिवडाले जरिवाना र दण्ड बढाएर मात्रै चुहावट नियन्त्रण हुँदैन भन्ने र अर्बौं चुहावट हुँदा पनि कुनै कारवाही नहुने अवस्था रहेको भन्दै आफ्नै राजश्व प्रशासनप्रति अविश्वास व्यक्त गरेका छन् ।