विराटनगर । आइएमई लाइफ इन्सोरेन्स कम्पनीले मृतकको परिवारलाई बीमा वापतको रकम हस्तान्तरण गरेको छ । कम्पनीले मृतकको परिवारलाई २५ लाख रुपैयाँ बीमा दाबी भुक्तानी गरेको जनाएको छ ।
आइएमईका प्रमुख कार्यकारी निर्देशक श्रीचन्द्र भट्टले घिमिरेका श्रीमती शिवमाया घिमिरेलाई बीमादाबी भुक्तानी गरेको जनाएको छ ।
सोमबार विराटनगर–४ का खडानन्द घिमिरेको परिवारलाई २५ लाख रुपैयाँ बीमादाबी भुक्तानी गरेको हो । घिमिरेले सन् २०१९ मे १४ तारिकमा बीमा गरेका थिए ।