काठमाडौं । शितलहर सुरु भएसँगै तराईका जनता समस्या परेका छन् । ग्लोबल आइएमई बैंकले नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका ५, पक्लिहवामा २ सय थान न्यानो कपडा वितरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सो कपडा वितरण गरिएको बैंकले जनाएको छ ।
प्रदेश नम्बर ५ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रामप्रसाद खरेल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश नं. ५ का सचिव टेकनारायण पाण्डे, प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनी, सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेको उपस्थितिमा बैंकले दुई सय थान न्यानो कपडा वितरण गरेको जनाएको छ । सुस्ता भारतद्वारा अतिक्रमित भूभाग समेतका जनतालाई न्यानो वितरण गरिएको बैंकले जनाएको छ ।