काठमाडौं । एनसीसी बैंकले १५ दशमलव ७९ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको आइतबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ० दशमलव ७९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
बैंकले १ अर्ब २२ करोड ७६ हजार १२३ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । यस्तै, ६ करोड ४२ लाख १४ हजार ५३३ रुपैयाँ नगद वितरणमा खर्च गर्नेछ ।
नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि मात्र लाभांश वितरण प्रकृया अघि बढ्नेछ ।