बाग्लुङ । एलआईसी नेपालले स्वर्गीय बीमितको परिवारलाई दावी रकम हस्तान्तरण गरेको छ । गलकोट नगरपालिका वडा नं. ७ मल्म, बाग्लुङ घर भएका स्वर्गीय बीमित गंगा बहादुर थापाको परिवारलाई कम्पनीले ४७ लाख ९२ हजार ७०४ रुपैयाँ हस्तान्तरण गरेको जनाएको छ ।
गलकोट नगरपालिका वडा नं. ७ मल्म, बाग्लुङ घर भएका स्वर्गीय बीमित गंगा बहादुर थापा विगत १४ वर्षदेखि जापानमा काम गर्दै आएका थिए । बीमितको जापानमा आकस्मिक निधन भए पछि कम्पनीले बीमितले ईच्छाएको व्यक्तिलाई सो रकम हस्तान्तरण गरेको हो ।
बीमितको घरमा नै गएर कम्पनी सचिव विनोदकुमार भुजेल, अधिकृत सविना श्रेष्ठ, एजेन्सी म्यानेजर इन्द्र बहादुर थापा र अभिकर्ता पुष्पा के.सी. ले उक्त चेक बीमितको निजको श्रीमती बसना थापालाई हस्तानान्तरण गरेका हुन् ।