सिभिल बैंक र एनबीआईबीच सम्झौता

काठमाडौं । सिभिल बैंक र नेसनल बैंकिङ इन्ष्टिच्युट (एनबीआई) बीच सम्झौता भएको छ । बैंक र इन्ष्टिच्युटबीच तालिम कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र नेशनल बैंकिङ इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार एनबीआइले सिभिल बैंकका कर्मचारीहरूको कार्यदक्षता विकासका लागि विभिन्न तालिम उपलब्ध गराउने छ । आधुनिक प्रविधियुक्त बैंकिङ सेवा, सुविधामा विशेष ध्यान दिंदै दक्ष जनशक्तिद्वारा ग्राहक सेवालाई चुस्त, दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार