IME Life

सहकारीको नियमन स्वतन्त्र र स्वायत्त निकायबाट गर्न अर्थमन्त्रीको प्रस्ताव

SPIL
NIC ASIA

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले देशैभरि रहेको ३० हजारभन्दा बढि सहकारीहरुको नियमनको लागि स्वतन्त्र र स्वायत्त शक्तिशाली नियमनकारी संस्था गठन गर्ने प्रस्ताव अघि सारेका छन् ।

राष्ट्रिय सहकारी बैंकको १६ औं बार्षिकोत्सव कार्यक्रमलाई बिहिवार सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले भने, ‘सहकारी विभागभन्दा माथि, नेपाल सरकारको मन्त्रालयभन्दा पनि माथि रहने गरी एउटा शक्तिशाली नियमनकारी निकायबारे छलफल गरौं, स्वतन्त्र र स्वायत्त नियमनकारी निकायको स्थापना गरौं ।’ अर्थमन्त्री खतिवडाले सहकारीको नियमनको लागि छुट्टै निकाय आवश्यकता महसुस भएको बताउँदै सहकारीकर्मीहरुलाई नियमनकारी निकाय गठन गर्ने अभियानमा एकताबद्ध हुन समेत आग्रह गरे । उनले भने, ‘सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय आवश्यकता महसुस भएको छ । यसमा छलफल गरौं, सरकार सकारात्मक छ ।’

Prabhu
Crest

मन्त्री खतिवडाले सहकारीकर्मीहरुलाई अभियानकै रुपमा नियमनकारी निकाय गठन गर्न सहयोग गर्न समेत आग्रह गरे । उनले सहकारीमा बीमाको कुरा समेत हेर्ने गरी फराकिलो दायरा भएको नियमनकारी निकाय गठन गर्ने पक्षमा मन्त्रालय सकारात्मक रहेको बताए ।

कार्यक्रममा सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले भने, ‘सहकारीको क्षेत्र असिमित छ तर कानूनि सीमा पनि छन् । यो कुरामा कसैलाई भ्रम रहनु हुँदैन । यसले गर्ने काम सिमित बैंकिङ कारोबार भनिएको छ । सिमित बैंकिङ भनेको सिमित बैंकिङ नै हो । पूर्ण बैंकिङ कारोबार गर्नका लागि त बैंक वित्तीय संस्था ऐनमा दर्ता भएर आउनु पर्छ । बैंक तथा वित्तिय संस्थामा ऐनमा दर्ता हुन आउनु भयो भने तपाईहको अभियान नै के हुन्छ त्यसमा प्रश्न उठ्न सक्छ । त्यसो हुनाले एक नाउमा खुट्टा नटेकयौँ । एउटै नाउमा खुट्टा टेक्नुपर्छ ।’

मन्त्री खतिवडाले सहकारीलाई कम्पनी पद्धतिमा लैजाने कुरा स्वीकार नुहेन प्रष्ट पारेका छन् । सैद्धान्तिक रुपमा नमिल्ने हुँदा त्यता नसोच्न समेत उनले आग्रह गरे । ‘हामी कम्पनीबाट जान्छौँ भन्नु हुन्छ भने त्यो नि ठिक छ । नेपालमा बैंक तथा वित्तीय संस्था खोल्ने दिन आए भने तपाईहरु पनि विकास बैंक हुनु होला भोलि । तर त्यो बाटो तपाईहरुको हुँदै होईन । सहकारी बैंक सहकारी संस्थाहरुको एउटा संरक्षक, तरलता व्यवस्थापक, पूँजी परिचालक संस्था हो । त्यसैगरी अघि बढ्नमा अझ् तपाईहरुलाई बल पुगोस्’ मन्त्री खतिवडा सयौं सहकारीका अभियान्ताहरुका बीचमा सम्बोधनको क्रममा भने ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंका अध्यक्ष केबी उप्रेती, राष्ट्रिय सहकारी महासंघ केशव बडाल, सहकारी विभागका रजिष्ट्रार टोकराज पाण्डेलगायतले मन्तव्य दिएका थिए । काठमाडौंको भृकुटीमण्डपमा जारी बार्षिक साधारणसभाले महत्वपूर्ण प्रस्तावहरु पारित गर्ने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS