IME Life
GBIME

नेरुडे लघुवित्तको साधारण सभा पुस २८ गते, यस्ता छन् एजेण्डा

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले १३ औँ वार्षिक साधारण सभा पुस २८ गते गर्ने भएको छ । साधारण सभा उद्योग संगठन विराटनगर, मोरङमा बिहान ११ बजे सुरु हुने संस्थाले जनाएको छ ।

सभा प्रयोजनको लागि संस्थाले पुस १३ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्दैछ । पुस १२ गतेसम्म कायम सेयरधनीले कम्पनीले वितरण गर्ने लाभांश सुरक्षित गर्न सक्नेछन् ।

Crest

सभामा कम्पनीले गत वर्षको नाफाबाट २० दशमलव ७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । कम्पनीले गत वर्षको नाफाबाट १५ प्रतिशत बोनस सेयर र ५ दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।

सभामा कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि छ । यस्तै, अन्य कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहनेछ । संस्थापक सेयरधनीको तर्फाबाट २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि छ ।

त्यस्तै, आर्थिक वर्ष २०७५/७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS