काठमाडौँ । बिहिवारदेखि परेको पानीका कारण देशैभरि चिसो बढेको छ भने उपत्यका आसपासका पहाडमा हिमपात भएको छ । चन्द्रागिरी केवलकारले चन्द्रागिरीमा हिमपात भएको जनाएको छ ।
बुधबार साँझदेखि नेपालप्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशका अधिकांश हिमाली तथा उच्च पहाडी भागमा हिउ परेको छ । हिउ परेपछि विकट हिमाली जिल्ला जुम्ला, हुम्ला, डोल्पा र मुगु लगायतका क्षेत्रमा हवाई उडान समेत अबरुद्ध भएको छ ।
यसैबीच, काठमाडौंबाट नजिकै रहेको दोलखाको कालिन्चोकमा पनि आज विहानैदेखि हिऊ परेको छ । भारी हिउ परेपछि आन्तरिक पर्यटक आउन थालेको स्थानीयबासीले जनाएका छन् ।