काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्थाले २ दशमलव ६२५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट २ दशमलव ५ प्रतिशत बोनस सेयर र कर तिर्न ० दशमलव १२५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
संस्थाको उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ । गत वर्ष भने कम्पनीले ५.२५ नगद लाभांश वितरण गरेको थियो ।
गत आर्थिक वर्षको तुलनामा संस्थाले यस वर्ष लाभांश घटाएको छ ।