IME Life
Beema Board

आव २०७५/०७६ को लाभांश घोषणा गर्ने पहिलो बीमा कम्पनी बन्यो प्रभु इन्स्योरेन्स

SPIL
NIC ASIA

काठमाडौं । प्रभु इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७५/०७६ को सञ्चालन मुनाफाबाट लाभांश वितरण गर्ने निर्णय गरेको छ । बीमा कम्पनीहरुमध्येमा गत आवको सञ्चालन मुनाफाबाट लाभांश वितरणको निर्णय गर्ने प्रभु इन्स्योरेन्स पहिलो बीमा कम्पनी हो । कतिपय बीमा कम्पनीहरुको अघिल्लो आर्थिक वर्षकै साधारणसभा गर्न बाँकी भएको अवस्थामा प्रभु इन्स्योरेन्सले भने गत आवको सञ्चालन मुनाफाबाट लाभांश प्रस्ताव गर्न सफल भएको हो ।

कम्पनीको बिहिवार अपरान्ह बसेको ३७८ औं बैठकले कूल १६.३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । अडिट प्रक्रिया सम्पन्न गरी आगामी २४ औं साधारणसभाको प्रस्तावको रुपमा ११.३२ प्रतिशत नगद र चुक्ता पुँजिको ५ प्रतिशत बोनस लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले लाभांश सहितको वित्तीय विवरण बीमा समितिमा पेश गर्ने निर्णय पनि गरेको छ । बीमा समितिबाट स्वीकृत तथा आगामी साधारणसभाबाट पारित भएपश्चात मात्रै उक्त लाभांश सेयरधनीहरुको लागि वितरण गरिनेछ । कम्पनीले बुक क्लोज मिति पछि तय गर्नेछ ।

Prabhu
Crest

बीमा कम्पनीहरुको साधारणसभा र लेखा परिक्षण बीमाङ्कीय मूल्याङ्कनको कारण ढिलाई हुने गर्दछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS