नेप्से २ अंकले बढ्दा, ४९ करोड भन्दा माथिको कारोबार

Citizen Life Insurance Co

काठमाडौं । साताको तेस्रो दिन नेप्से २ दशमलव ४८ अंकले बढ्दा परिसूचक ११५१ दशमलव ३६ बिन्दुमा कायम रहेको छ । १७० वटा कम्पनीको १६ लाख ५३ हजारभन्दा बढी कित्ता शेयर ४९ करोड ८४ लाख रुपैयाँभन्दा बढी कारोबार भएको छ ।

हाईड्रोपावर, निर्जिवन बीमा, उत्पादनमूलक क्षेत्र र अन्य क्षेत्र बाहेक सबै क्षेत्रको परिसूचमा हरीयाली छाएको छ । माछापुच्छ्रे बैंकको शेयर कारोबार सबैभन्दा धेरै भएको छ । कम्पनीको ७ करोड ५३ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

नयाँ नेपाल लघुवित्तको लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको शेयर १० प्रतिशतले बढेको छ। अरुण काबेली पावरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको शेयर ४ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार