SKIP THIS

सोल्टी होटलको प्रस्तावित लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन, पुस ९ मा साधारणसभा

Citizen Life Insurance Co

काठमाडौं । सोल्टी होटलले प्रस्ताव गरेको लाभांस सुरक्षित गर्न आज अन्तिम दिन हो । होटलले सभा प्रयोजनको लागि भोलिदेखि बुक क्लोज गर्दैछ ।

होटलले गत आर्थिक बर्षको नाफाबाट शेयरधनीलाई हल कायम रहेको चुक्ता पुँजीको २६ दशमलव ३१५ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव गरेको छ । होटलले १५ प्रतिशत बोनस सेयर र ११ दशमलव ३१५ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त लाभांस पारित गर्नको लागि होटलले आगामी पुस २४ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा साधारणसभा बोलाएको छ । हाल होटलको चुक्ता पुँजी ७३ करोड २६ लाख ७५ हजार रुपैयाँ रहेको छ । १५ प्रतिशत बोनस सेयर वितरण पश्चात् कम्पनीको पुँजी ८४ करोड २५ लाख ७६ हजार पुग्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार