काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको राजपुर शाखाले मृतकको परिवारलाई बीमा वापतको रकम हस्तान्तरण गरेको छ । राजपुर नगरपालिका १ दौलतपुर टोलमा गठन भएको दौलतपुर महिला स्वावलम्बी समुहकी सदस्य ठूण्डी थरुनीको मृत्यु भएपछि उनका परिवारलाई बीमा रकम प्रदान गरिएको संस्थाले जनाएको छ ।
मृतक ठूण्डी थरुनीका श्रीमान खुसाल थारुलाई बीमा वापतको रकम ४ लाख ६७ हजार ६ सय रुपैयाँ प्रदान गरेको जनाएको छ ।
लघुवित्तले गठन गरेको समुहका सदस्यले कर्जा लिए बापत बैंकको बीमा नियम अनुसार सदस्यको कालगतीमा मृत्यु भएमा १ सय ३० प्रतिशत बीमा रकम पाउँछन् भने दुर्घटनामा मृत्यु भएमा २ सय रुपैयाँ बीमा रकम पाउने संस्थाले जानकारी दिएको छ ।