सन नेपाल लाइफद्धारा अभिकर्ता अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न

Citizen Life Insurance Co

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बुटवल र खैरेनीमा अभिकर्ता अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले उक्त कार्यक्रम मंसिर १४ गते सम्पन्न गरेको हो ।

कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कम्पनीले जनाएको छ । उक्त कार्यक्रममा उत्कृष्ट तीन दर्जन भन्दा बढी अभिकर्ताहरुलाई सम्मान गरिएको थियो । कम्पनीका महाप्रबन्धक कमलराज गौतमले जीवन बीमाको महत्व बारे प्रकाश पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार