काठमाडौं । शुक्रबार गरिमा विकास बैंकको सेयर मूल्य समायोजन भएको छ ।
बैंकको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता १९२ रुपैयाँ ८५ पैसा कायम गरेको छ । बैंकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पूँजी दुई अर्ब ७८ करोड ८३ लाख रुपैयाँको १७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो । सोमध्ये १६।१५ प्रतिशत बोनस रहेको छ भने ०।८५ प्रतिशत नगद लाभांश रहेको छ ।