बुटवल । नेरुडे लघुबित्त बित्तीय संस्था लिमिटेडले प्रदेश कार्यालय बुटवल अन्तर्गत रहेका लेखामा काम गर्ने २३ जना कर्मचारीहरुलाई २ दिने लेखा व्यवस्थापन तालिम दिइएको छ । उक्त तालिम बुटवलमा सम्पन्न गरेको जनाएको छ ।
तालिममा वित्तीय संस्थाका नायव महाप्रबन्धक भाग नारायण साहु, लेखा विभागका विभागीय प्रमुख रोशन कुमार राउत, योजना विभागका विभागीय प्रमुख कृष्ण बहादुर खड्का र प्रदेश कार्यालय बुटवलका प्रमुख शम्भु घिसिङ्खले छुट्टा–छुट्टै बिषयमा प्रशिक्षण दिएका थिए ।
बिराटनगरमा केन्द्रीय कार्यालय रहेको नेरुडेले २०७६ कार्तिक मसान्त सम्म ३१ वटा जिल्लामा ८७ वटा कार्यालय लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ ।