Prabhu Life Ad Final

टिचिङ अस्पतालमा प्रधानमन्त्री ओलीको अपरेशन गरिदै

IME PAY

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको काठमाडौं महाराजगन्जस्थित टिचिङ अस्पतालमा अप्रेशन गर्ने तयारी गरिएको छ । आज विहानैदेखि अत्याधिक मात्रामा पेट दुख्ने समस्यापछि टिचिङ अस्पतालको मनमोहन कार्डियो थेरासिस भास्कुलर तथा द्रान्सप्लान्ट सेन्टरमा पुगेका छन् । अत्याधिक दुखाईपछि विहान ८ बजे नै प्रम ओली शिक्षण अस्पताल पुगेको जनाइएको छ । त्यहाँ अल्ट्रासाउण्ड लगायतको परिक्षण गरिएको थियो ।

प्रधानमन्त्री ओलीलाई अत्याधिक मात्रामा पेट दुख्ने समस्यापछि अप्रेशनको तयारी गरिएको अस्पताल सूत्रले जनाएको छ । सो अस्पतालका एक चिकित्सकका अनुसार प्रम ओलीको आजै अपरान्हभित्रैमा अप्रेशन गरिने गरी तयारी भइरहेको छ । प्रारम्भिक लक्षणमा एपेन्डिसाईटिस देखिएको चिकित्सकको भनाई छ । प्रम ओलीको अप्रेशनमा डा. अरुण सायमी, डा. रमेश भण्डारी तथा डा. अनिल कुमार भट्टराईको टिम परिचालन भएको छ । हाल नियमित अप्रेशनमा रहेका बिरामीहरुको अप्रेशन भइरहेको र सँगसँगै प्रधानमन्त्री ओलीको अप्रेसशनको पनि तयारी भइरहेको ट्रान्सप्लान्ट सेन्टरले जनाएको छ ।

NCHL

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीको अपरेशन त्रिवि शिक्षण अस्पतालमा गर्ने तयारी भइरहेको बताए । मृगौला रोगबाट पीडित प्रम ओलीको प्रत्यारोपण गरिएको मृगौलाले पनि राम्रोसँग काम गर्न नसकेपछि चार पटक हेमोडायलासिस गरिसकिएको छ । विगत छ महिनादेखि उपचाररत प्रम ओली मंगलबार विहान थप विरामी परेपछि पुनः अस्पताल पुगेका छन् । यस पटक नयाँ सदस्या देखिएको चिकित्सकको भनाई छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x