रुपन्देही । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले पूर्ण अशक्त दाबी भुक्तानी गरेको छ ।
इन्स्योरेन्सले सैनामैना नगरपालिका वडा नं ६, कलोनी रुपन्देहीका बीमित सूर्य बहादुर पुनलाई पूर्ण अशक्तता दाबी बापतको ५ लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स बुटवल शाखाका प्रबन्धक ईश्वर पाण्डेयले अशक्त सूर्य बहादुर पुनलाई बीमा दाबी वापतको सो रकम हस्तान्तरण गरेका हुन् ।
बीमित पुनलाई प्यारालाइसिसको कारणले एक हात र एक खुट्टाले काम नगरे पछि पूर्ण अशक्तता सुबिधा वापतको रकम निजकै घरमा गएर प्रदान गरेको कम्पनीले जनाएको छ ।
उक्त कार्यक्रममा मुक्तिनाथ विकास बैंक, रामापुर कलोनी शाखा प्रबन्धक कृष्ण प्रसाद गौडेल तथा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स बुटवल शाखाका बजार प्रमुख गणेश प्रसाद पाण्डेको समेत उपस्थिति रहेको थियो ।