काठमाडौँ । रिलायवल नेपाल लाइफ इन्स्योरेन्सले मृत्यु दावी भुक्तानी गरेको छ । इन्स्योरेन्सले कचनवाल बार्ड.नं ७ का बीमित सुर्य नारायण राजवंशीको श्रीमति चन्द्रा कुमारी राजवंशीलाई चार लाख ७५ हजार ४३५ रुपैयाँ हस्तान्तरण गरेको हो ।
कम्पनीका झापा क्षेत्र तथा बिर्तामोड शाखा प्रमुख तौफिक अहमद शेख तथा कचनकवल गाउँपालिका उपमेयर निमसरी राजवंशी र कचनकवल गाउँपालिका वार्ड न. ७ का वडा अध्यक्ष भरत राजवंशीले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।
रिलायवल शुलभ जीवन बीमा योजना अन्तर्गत सो बराबरको मृत्यु दावी भुक्तानी गरेको कम्पनीले जनाएको छ ।
सो कार्यक्रममा एकसेल डेभलप्मेन्ट बैंकका कचनकवल शाखा प्रमुख राजन ढकाल, कचनकवल ट्रेड युनियन शभापति संजिव प्रधान, स्थानीय गीता प्र. भट्टराई, नारायण प्रधान, कनक राजवंशी लगायतको उपस्थिति रहेको थियो ।