गरिमा विकास बैंकद्धारा विभिन्न ११ स्थानमा रक्तदान कार्यक्रम सम्पन्न

Citizen Life Insurance Co

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले आफ्नो स्थापनाको १२ औं बर्ष पूरा गरी १३ औं बर्षमा प्रवेश गरेको अवसरमा २०७६ मंसीर ७ गते शनिबार देशका विभिन्न ११ स्थानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

बैंकले केन्द्रीय कार्यालय लाजिम्पाट, शाखा कार्यालयहरु स्याङ्जाको वालिङ्ग, रुपन्देहीको बुटवल, म्याग्दीको वेनी, चितवनको नारायणगढ, झापाको विर्तामोड र दमक, सुनसरीको धरान, सुर्खेतको वीरेन्द्रनगर, कैलालीको धनगढी र कञ्चनपुरको महेन्द्रनगरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।

रक्तदान कार्यक्रबाट ५०० युनिट भन्दा बढी रगत संकलन भएको बैंकले जानकारी दिएको छ ।

हालसम्म बैंकले देशभर ९० शाखा र ४९ वटा एटीएम मार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दे आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार