नेप्से १० अंकले घट्यो, २८ करोडमाथिको कारोबार

Citizen Life Insurance Co

काठमाडौं । नेप्से १० दशमलव ५४ अंकले घटेर परिसूचक १११० दशमलव ०८ बिन्दुमा झरेको छ ।

कुल १६२ वटा कम्पनीको ९ लाख २९ हजारभन्दा बढी कित्ता शेयर २८ करोड ५ लाख रुपैयाँभन्दा बढीमा कारोबार भएको छ । आज कारोबारमा भएका सबै उपसूचकहरुमा गिरावट आएको छ ।

एनएमबि बैंकको कारोबार सबैभन्दा धेरै अर्थात २ करोड १५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । नेशनल हाईड्रोपावरको लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य आज पनि करिब ४ प्रतिशतले बढेको छ ।

साल्ट ट्रेडिङ कर्पोरेसनका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य १० प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार