प्राइम लाइफद्धारा साढे पाँच लाख मृत्यु दावी भुक्तानी

Citizen Life Insurance Co

काठमाडौँ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीले गोकर्णेश्वर न.पा. वाड नं.४ का मृतक बीमित दिनेश श्रेष्ठको परिवारलाई दावी रकम हस्तान्तरण गरेको हो ।

कम्पनीले मृतकको श्रीमति मैया श्रेष्ठलाई ५ लाख ५० हजार ९१८ रुपैयाँ हस्तान्तरण गरेको हो । कम्पनीका पुरानो बानेश्वर कार्यालय प्रमुख मधुसुदन बराल तथा एजेन्सी म्यानेजरले संयुक्त रुपमा मृतकको श्रीमतीलाई सो रकम हस्तान्तरण गरेका हुन् ।

बीमित श्रेष्ठको उपचारको क्रममा शहिद गंगालाल नेशनल हर्ट सेन्टर, बासबारी काठमाडौँमा मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार