एशियन लाइफको व्यतित बीमालेख नविकरणमा ब्याज छुट

Citizen Life Insurance Co

काठमाडौँ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा ब्याज छुट दिने भएको छ ।

कम्पनीले २०७६ कात्तिक मसान्तसम्म बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महिना नाघेका (पूर्ण व्यतित) बीमालेखहरु मंसिर ५ गतेदेखि पौष १६ गतेसम्म बीमालेख पूनर्जागरण गराउने बीमितहरुलाई लाग्ने ब्याजमा विशेष छुट दिने भएको हो ।

कम्पनीले भुक्तानी नभएका बीमाशुल्क किस्ताहरु मध्ये पहिलो भुक्तानी नभएको बीमाशुल्क किस्ताको मितिले ३ बर्षभित्र व्यतित भएका बीमालेखको हकमा ७५ प्रतिशत व्याज छुट गर्ने जनाएको छ ।

त्यस्तै, भुक्तानी नभएका बीमाशुल्क किस्ताहरु मध्य पहिलो भुक्तानी नभएको बीमाशुल्क किस्ताको मितिले ३ वर्ष भन्दा बढी व्यतित भएका बीमालेखको हकमा भने ५० प्रतिशत व्याज छुट प्रदान गर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार