काठमाडौं । प्रभु लाईफ इन्स्योरेन्समा जीवन बीमा गरेका सेवाग्राहीहरुले अब प्रभु पे वालेटबाटै बीमा शुल्क भुक्तानी गर्न सकिने भएको छ । प्रभु इन्स्योरेन्सका अनुसार प्रभु वालेटमार्फत बीमकले सजिलै बीमाको प्रिमियम भुक्तानी गर्न सकिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
प्रभु इन्स्योरेन्सले सेवाग्राहीलाई थप सहज बनाउनको लागि डिजिटल भुक्तानीका माध्यमबाट समेत बीमा शुल्क तिर्ने व्यवस्था मिलाइएको जनाउँदै प्रभु पे वालेटसँग सहकार्य गरी सिधैं बीमा शुल्क भुक्तानीको व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ । प्रभु पे वालेटमार्फत बीमा रकम भुक्तानी गर्दा कुनै पनि अतिरिक्त शुल्क नलाग्ने समेत कम्पनीले जनाएको छ ।