IME Life

लघुवित्तका योगदान र चुनौतिबारे अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा हुँदै

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । बैकिंङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इन्टिच्यूट अफ नेपाल(बीएफआईएन) लिमिटेडले यही मंसिर ४ गते अन्तर्रा्ष्ट्रिय स्तरको सम्मेलन गर्ने भएको छ । बीएफआईएनले ‘एमएफआई बोर्ड अफ डाइरेक्टरर्स एण्ड म्यानेजमेन्ट कनसोटियम २०१९’ सम्बन्धी उक्त सम्मेलन गर्ने भएको जनाइएको छ ।

उक्त सम्मेलन बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा आयोजना गरिने बीएफआईएनका कार्यकारी निर्देशक बिनोद आत्रेयले जानकारी दिए ।

Prabhu
Crest

नेपालमा लघुवित्त संस्थाहरुले पुर्याएको योगदान तथा देखिएका चुनौतीहरु बारे छलफल गर्न र बंगलादेशका लघुवित्त संस्थाहरुको अनुभव र लघुवित्तबाट वाणिज्य बैंकका रुपमा परिणत भएको बन्धन बैंकको अनुभवबाट नेपालका माइक्रोफाइनान्स इन्स्टिट्युसनस्ले के कस्तो बिषयहरुमा कार्वान्वयन ल्याउन सकिन्छ भन्ने उद्धेश्यले यो सम्मेलन आयोजना गर्न लागिएको बीएफआईएनका कार्यकारी निर्देशकले बताए ।

बीएफआईएन र माइक्रोफाइनान्स एसोसिएसन अफ नेपालले आयोजना गरेको यस सम्मेलनमा १५० जना सहभागीहरुले भाग लिने अपेक्षा गरिएको छ ।

साथै, सम्मेलनले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा लघुवित्तका संचालकहरु, प्रमुखहरु र कर्मचारीहरुको क्ष्मता तथा ज्ञान बृद्धि गर्नमा योगदान पुग्ने विश्वास लिइएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS