IME Life

बीमा कम्पनीहरुलाई पुर्वाधारमा लगानी गर्न अध्यक्ष चापागाँईको निर्देशन

SPIL
NIC ASIA

काठमाडौं । बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले सबै बीमा कम्पनीहरुलाई पूर्वाधार लगायतका क्षेत्रमा लगानी गर्न निर्देशन दिएका छन् । अध्यक्ष चापागाँईले बीमा कम्पनीहरुलाई बैंकको ब्याजकै भरमा मात्रै अधिक मुनाफा दिन नसकिने भन्दै लगानी विविधिकरण गर्न भनेका हुन् ।

आइतबारदेखि काठमाडौंमा सुरु भएको दुई दिने बैंकिङ् एक्स्पोमा आयोजित छलफल कार्यक्रममा समितिका अध्यक्ष चापागाँईले तत्काल बीमा कम्पनीले पूर्वधारमा लगानी गनुपर्ने बेला आएको बताए । बीमा समितिले लगानी निर्देशिका जारी गरेको र त्यसमा बीमा कम्पनीले बैंकको ऋणपत्रमा लगानी गर्नसक्ने व्यवस्था गरेको पनि जानकारी गराए । बीमा कम्पनीहरुको कारोबारमा समेत वृद्धि हुदै गईरहेको अध्यक्ष चापागाईले बताए । एक्सोमा आयोजित छलफल कार्यक्रममा अध्यक्ष चापागाईले बैंकको ब्याजमा मात्र सिमित नरहन र विकासका पूर्वधारमा समेत लगानी गर्न निर्देशन दिए ।

Prabhu
Crest

अहिले बीमा कम्पनीहरुले बैंकमा पैसा राख्ने गरेको र त्यो पैसा अन्य प्राथमिकता प्राप्त क्षेत्रमा लगानी नगरेको खण्डमा बीमा कम्पनीहरु नै फ्लप हुने धारणा राखे । चापागाईले भने ‘अहिले त केही बीमा कम्पनीहरुले लाभांशको योजनाले सबैलाई आकर्षण गर्न खोजेका छन् । त्यसले सबैलाई आकर्षण गर्न नसक्ने पनि उल्लेख गरे ।

बीमा समितिका अध्यक्ष चापागाईले बीमाको पहुँच २६ प्रतिशतमा पुगेको उल्लेख गर्दै केही बीमा कम्पनीहरुले अप्ठेरो अवस्थाको सामना गर्नुपर्ने अवस्था आउन सक्ने बताए । बीमा समितिका अध्यक्ष चापागाईले सरल मर्जरको नीति अघि सारेको उल्लेख गर्दै साईबर बीमाको क्षेत्रमा पनि बीमा बजार विस्तार गर्नुपर्नेमा जोड दिए । बजारको दायरा फराकिलो बनाउनेतर्फ सबैले ध्यान दिन आग्रह गरे । समितिका अध्यक्ष चापागाईले नयाँ बीमा कम्पनीहरुको दर्ता गर्ने ढोका २०७३ सालमै बन्द गरिएको प्रष्ट पार्दै बीमा कम्पनीहरुलाई नियमन गर्न जस्तोसुकै कदम चाल्न आफू तयार रहेको बताए ।

कार्यक्रममा बीमा अभिकर्ताहरुले बैंकास्योरेन्स बन्द गर्नुपर्ने, बीमा कम्पनीकै कार्यालयमा बीमा गर्दा र बीमा अभिकर्ताले बीमा गराउँदा फरक फरक दररेट रहेको भन्दै एउटै दररेट कायम गर्न माग गरेका थिए । त्यस्तै बीमा अभिकर्ता हुन स्नातक उत्तिर्ण हुनुपर्ने माग समेत अन्तरक्रिया कार्यक्रममा बीमा अभिकर्ताहरुले नै उठाएका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS